नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान नगरेको भन्दै आक्रोशित यात्रुहरूले आइतबार जुम्लास्थित निगमको कार्यालयमा तालाबन्दी गरेका छन् । फागुन २४ गतेदेखि जहाजले उडान नगरेपछि आजित भएका सर्वसाधारण र यात्रुहरूले कार्यालयमा ताला लगाएका हुन् । नेपाल एयरलाइन्सले अन्य जिल्लाहरूमा नियमित उडान भरिरहेको भए पनि जुम्लामा भने बारम्बार हुन्छ भन्दै झुक्याउने गरेको यात्रुहरूको आरोप छ […]