यस वर्ष मनसुनजन्य विपद्मा २ लाख २६ हजार प्रभावित हुने अनुमान
यस वर्षको मनसुनजन्य विपद्मा देशभर २ लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष वर्षायाममा ५१ हजार घरधुरी विपद्बाट प्रभावित हुन सक्ने जनाएको छ।