दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गयो

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ। वीरेन्द्रनगर ३‚ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बीसीको उपचारका क्रममा आज (सोमबार) कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए। उनका अनुसार सुर्खेतदेखि नेपालगन्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नम्बरको गाडीसँग विपरीत दिशाबाट बीसीले चलाएको भे.६प ३३२१ […]