श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई वितरण गर्ने चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण गरिने छ ।