लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर ङादी जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको भिरबाट खसेर आज मृत्यु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका-८ का ३७ वर्षीय राजकुमार चौधरीको भिरबाट लडेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार आज बिहान […]