नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो, बिदाका दुई दिन व्यवस्थापनमा विशेष तयारी

भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा चार दिनमै एक लाख आठ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन्। अपेक्षाभन्दा बढी भीड देखिएपछि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले शनिबार र आइतबारका लागि विशेष व्यवस्थापनको तयारी गरेको छ। नाइमाले दैनिक औसत २५ हजार र एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अनुमान गरेको […]