राष्ट्रिय सभा उपाध्यक्षसहितका पदमा चार दलको भागबन्डा

काठमाडौं- प्रतिनिधि सभामा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको एकछत्र रहेका बेला माथिल्लो सदन राष्ट्रिय सभामा चार दलले भागबन्डा गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपाले राष्ट्रिय सभाअन्तर्गतका विभिन्न पदमा भागबन्डा गरेका हुन् । भागबन्डाअनुसार एमालेबाट लीला भण्डारीलाई उपाध्यक्ष बनाइँदैछ। उता पहिलो दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको सभापति लिने भएको छ। […]