गगटैया तालमा डुबेर एक जनाको मृत्यु

काेठमाडाैं । जिल्लाको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहोराले जानकारी दिए । घोराही–१६ ठोक्रिया बस्ने मगर आज दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका थिए […]