ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली विद्यार्थीहरुलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरु जस्तै आईर्ईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, […]