कुहिरोको घुम्टोभित्र हराएको दमौली, मनमोहक मानुङकोट

दमौली (तनहुँ) । बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । यही दृश्य हेर्न अहिले तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखराबाट […]