भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई दुई करोड अमेरिकी डलर, करिब तीन अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार बिहीबार बसेको कोषको विशेष बैठकले उक्त निर्णय गरेको हो। अनुदानसम्बन्धी निर्णय भए पनि रकम तत्काल खर्च गर्न मिल्ने अवस्था भने […]