सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर बबिताकुमारी पासवानले बच्चा जन्माएको घटनामा अस्पतालले डाक्टरसहित पाँच कर्मचारीलाई कामकाजबाट हटाएको छ। अस्पतालले भदौ २६ गते जारी गरेको पत्रअनुसार डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सृजना चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर र सुरक्षा गार्ड देवकान्त झालाई तत्काल कामकाजबाट हटाइएको हो। अस्पतालका निमित्त प्रमुख मेडिकल […]