पाकिस्तानस्थित विश्वको १२ औं अग्लो ब्रोड पिक हिमालमा गएको हिम पहिरोमा परी बेपत्ता भएका १० जना पर्वतारोहीमध्ये चार जनाको शव फेला परेको छ । यद्यपि, ६ जना अझै बेपत्ता छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) र रोयटर्सका अनुसार प्रतिकूल मौसमका बीच पाकिस्तानी खोजी तथा उद्धार टोलीले चार आरोहीको शव फेला पारेको हो । […]