आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा रहेको आरुघाट पुलमा नेपाली सेनाले बेलीब्रिज जडान कार्य सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको भिषण बाढीका कारण साबिकको पक्की पुलको गोरखातर्फको खण्ड पूर्ण रूपमा बगेको थियो । दुई जिल्लाबिचको सीधा यातायात सम्पर्क टुटेपछि उत्पन्न असहज परिस्थितिलाई ध्यानमा […]