नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवार सहभागिता विस्तार गर्न ‘संस्थागत लगानीकर्ता नीति, २०८३’को प्रस्ताव सार्वजनिक गरेको छ। बोर्डले प्रस्तावित नीतिमा सरोकारवाला तथा सम्बन्धित पक्षबाट सुझाव मागेको हो। नीतिले प्राथमिक र दोस्रो धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको प्रवेश तथा सञ्चालनका लागि स्पष्ट, एकरूप र जिम्मेवार नीतिगत, संस्थागत तथा प्रक्रियागत व्यवस्था गर्ने लक्ष्य […]