फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

सुदूरपश्चिम– कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै २६ वर्षदेखि फरार प्रतिवादीलाई कैलाली प्रहरीको टोलीले पक्राउ गरेको छ ।  कैलालीको गोदावरी नगरपालिका–११ का ५९ वर्षीय काले कामीलाई सोही ठाउँबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। विसं २०५६ असार ११ गतेदेखि फरार रहेका कामीलाई सोही ठाउँमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो […]