धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००४ प १८९५ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश ०२–००१ च १६४७ नम्बरको माछा बोकेको महिन्द्रा पिकअपले ठक्कर दिएको हो । […]