काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एल्चेमाथि शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलको सुरुवादेखि नै आक्रामक देखिएको रियलले एल्चेमाथि ४–१ गोल अन्तरको जित निकालेको हो । रियलको जितमा एन्टिनिओ रुडिगरले २९ औँ मिनेटमा पहिलो गोल गरे भने पहिलो हाफको अन्तिम मिनेटमा फेडेरिको भाल्भर्डेले दोस्रो गोल गरे । […]