महोत्तरी । यहाँका स्थानीय तहको बेरुजु रु नौ अर्ब नजिक पुगेको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित जम्मा १५ स्थानीय तहको बेरुजु आर्थिक वर्ष २०८०/८१ सम्म रु आठ अर्ब ७३ करोड ६५ लाख ९२ हजार नाघेको छ । यसमध्ये पछिल्लो आव २०८०/८१ को मात्र रु ६४ करोड ६० लाखमाथि रहेको महालेखा परीक्षकको कार्यालय […]