अन्नपूर्ण क्षेत्रमा पाहुना आगमनमा ‘रेकर्ड ब्रेक’

अन्नपूर्ण क्षेत्रमा घुम्न पुगेका विदेशी पर्यटकको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। कोरोना भाइरस संक्रमणपछि सन् २०२३ देखि अन्नपूर्ण क्षेत्रले लगातार रुपमा पाहुना आगमनमा नयाँ रेकर्ड बनाउँदै लगेको थियो। पछिल्लो तीनवर्षदेखि हरेक वर्षको आगमन संख्याले उचाँइ लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।