कांग्रेसले आगामी निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छ : कोइराला

मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आगामी २१ फागुनमा हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्। ‘नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज, भोलि चुनौती अवसर र सम्भावना’ बारे युवासँग संवाद विषयक आज (आइतबार) विराटनगरमा आयोजित अन्तर्क्रियामा उनले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन केन्द्रीय समितिले निर्णय गरिसकेको जानकारी दिए। […]