काठमाडौँ। नेपाल-बंगलादेश इन्टरनेसनल रग्बी सिरिज नेपालले जितेको छ। सेभन्सको दुई र फिफ्टिन्सको एक गरी तीन खेलको सिरिज नेपालले एक खेलअगावै सिरिज जितेको नेपाल रग्बी संघले जनाएको छ। बंगलादेशको ढाकामा भइरहेको सिरिजअन्तर्गत नेपालले आइतबार सेभन्सको दुवै खेलको नतिजा आफ्नो पक्षमा पार्यो। नेपालले बंगलादेशलाई पहिलो खेलमा १५-० र दोस्रोमा २६-१५ को जित दर्ता गर्यो। नेपालले मंगलबार फिफ्टिन्स खेल्नेछ।