घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभीरमा खसेको सुक्खा पहिरो हटाइएपछि अवरुद्ध सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। घोप्टेभीर क्षेत्रमा सुक्खा पहिरो खसेपछि राजमार्गको उक्त खण्डमा सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको थियो। सडकमा थुप्रिएको पहिरो हटाएर दिउँसो २ बजेर १५ मिनेटदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।  पहिरो हटाउने कार्य सम्पन्न भएसँगै अवरुद्ध राजमार्ग खुलेको […]