काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वैचारिक जग र आदर्श कायम राख्दै कार्यशैली, व्यवहार र संस्कारमा परिवर्तन गर्नुपर्ने बताएका छन्। काँग्रेसलाई चुनाव जित्ने र पद प्राप्त गर्ने गतिविधिमा सीमित नगरी नागरिकको दुःखमा साथ दिने संगठन बनाउनुपर्ने उनको भनाइ छ। काठमाडौँको खुलामञ्चमा आइतबार सुरु भएको पार्टीको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले बिपी कोइराला र गणेशमान […]