काठमाडौं– नेपालको औद्योगिक उत्पादन सूचकांक १३२.० पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकको प्रारम्भिक प्रतिवेदन अनुसार यो सूचकांक अघिल्लो त्रैमासिकको तुलनामा १.९८ प्रतिशतको सुधार भए तापनि गत वर्षको सोही अवधिको तुलनामा भने ०.३२ प्रतिशतको संकुचन हो । प्रतिवेदनअनुसार यस त्रैमासिकमा औद्योगिक उत्पादन बढाउन चिनी तथा खाद्य वस्तु […]