अमेरिकी राष्ट्रिय गुप्तचर विभागकी प्रमुख तुलसी गबार्डले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। आफ्ना श्रीमान् अब्राहम विलियम्सलाई दुर्लभ प्रकारको हड्डीको क्यान्सर देखिएपछि आगामी जुन महिनाको अन्त्यदेखि लागू हुने गरी गबार्डले राजीनामाको घोषणा गरेकी हुन्। गबार्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको पत्रमा दुर्भाग्यवश जुन ३०, २०२६ देखि लागू हुने गरी आफ्नो पद छाड्नुपरेको उल्लेख गरेकी […]