जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । उनले चालु आर्थिक वर्ष २०८२–८३ का लागि स्वीकृत ठूला योजनाको बोलपत्र भई सम्झौतासमेत गरेर काम धमाधम भइरहेको बताए । […]