कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण आयोजनाले पायो पूर्णता, शुक्रबार परीक्षण प्रसारणको तयारी

झण्डै ६ वर्षअघि सुरु भएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत्‌ प्रसारण आयोजनाले अन्ततः पूर्णता पाएको छ । दुई वर्षभित्र कर्णाली प्रदेशमा विद्युत्‌ चार्ज गर्ने लक्ष्यका साथ २२ असार २०७६ मा आयोजना अघि बढेको थियो । सम्झौताअनुसार २३ असार २०७८ मै सम्पन्न भइसक्नुपर्ने आयोजना बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जमा जग्गा भोगाधिकार, रुख...