काठमाडौँ । काठमाडौँ महानगरपालिका-४ स्थित कत्तार भिसा सेन्टरअगाडिको सडक खण्डमा पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ गइरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ डीडी ६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ […]