समानुपातिकको गणना अन्तिम चरणमा, रास्वपाको मत प्रतिशत घट्यो, एक सिट कांग्रेसतर्फ थपियो

काठमाडौं- समानुपातिक मत प्रणालीतर्फ निर्वाचन आयोगले मंगलबार साँझसम्म सार्वजनिक गरेको मतपरिणामअनुसार दलहरूको सिट करिब करिब टुंगो लागेको छ। प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। मंगलबार साँझ साढे ६ बजेसम्मको अद्यावधिक विवरण अनुसार केही दलको सिट संख्यामा सामान्य हेरफेर भएको छ। ताजा विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको मत प्रतिशत घटेर ४७.९० पुगेको छ। […]