पहिलो पटक मतदान गर्न लागेका युवाको चाहना भ्रष्टाचारमुक्त समाज र रोजगारी

विराटनगर। आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले गाउँसहर तरंगित बनाएको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर विभिन्न आश्वासन र सपना बाँडिरहेका छन्। पुराना मतदाताका लागि चुनाव प्रचारको तामझाम र मतदानको कुरा नौलो होइन, तर पहिलो पटक मतदान गर्न लागेका नवयुवाहरूका लागि भने यो निर्वाचन उत्सवजस्तो भएको छ। आफ्नो मतलाई परिवर्तनको माध्यम बनाउन उत्साहसहित उनीहरू मतदानका […]