नयाँ शैक्षिक सत्रदेखि पाठ्यक्रम प्रारूप परिवर्तन गरिने, पाठ्यपुस्तक अर्को वर्षदेखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नयाँ शैक्षिक सत्रदेखि विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिवर्तन गरिने बताएका छन्। ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि मधेश प्रदेश सरकार तथा सरोकारवालासँग शुक्रबार जनकपुरधाममा भएको छलफलमा उनले पाठ्यक्रम प्रारूप नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याइने जानकारी दिए। पाठ्यपुस्तक भने परिमार्जित पाठ्यक्रम प्रारूप लागू भएको त्यसपछिको शैक्षिक सत्रदेखि […]