क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

पर्साको वीरगञ्जस्थित एक क्यासिनोबाट नेपाल प्रहरीका निरीक्षक र गाउँपालिका अध्यक्षसहित आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी निरीक्षक प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित आठ जनालाई पक्राउ गरिएको हो। उनीहरू वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि […]