आज संसद्का दुवै सदनमा विभिन्न विधेयक र प्रतिवेदन पेस हुँदै

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा कानुनमन्त्री सोबिता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव र एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्तिसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित […]