अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही नयाँ एच–वान बी आवेदनमा लगाएको एक लाख डलर अतिरिक्त शुल्क कार्यान्वयनमा अदालतले फेरि रोक लगाएको छ। यसले नेपालबाट अमेरिकी रोजगारदातामार्फत दक्ष रोजगारीमा जान चाहने नेपालीका लागि महँगो शुल्कको अवरोध घटाउन सक्छ। तर, यसलाई भिसा पाउने सुनिश्चितताका रूपमा बुझ्न मिल्दैन। क्यालिफोर्नियाको ओकल्यान्डस्थित सङ्घीय न्यायाधीश हेउड गिलियमले सेप्टेम्बर ३० मा अध्यागमन सेवा […]