विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने

काठमाडौँ । देशको पर्यटकीय राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा विश्व पर्यटन दिवसका अवसरमा यही असोज ११ गते साँझ मिनी सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले आज पत्रकार सम्मेलन गरी यही सेप्टेम्बर २७ मा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो […]