निर्वाचन अधिकृतको कार्यालय पुगेर आशिकाले भनिन्- उम्मेदवारी फिर्ताको इमेल मैले पठाएको होइन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धादिङ क्षेत्र-१ का उम्मेदवार आशिका तामाङ निर्वाचन अधिकृतको कार्यालय धादिङमा पुगेर उम्मेदवारी फिर्ताको लागि इमेल आफूले नपठाएको बताएकी छन्।