गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन। गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका ३ का ५५ वर्षीय तेजबहादुर पाठक छन्। आज दिउँसो घरनजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।