क्यानाडामा बनेका सबै विमानको प्रमाणीकरण खारेज गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा बनेका सबै विमानको प्रमाणीकरण (सर्टिफिकेसन) खारेज गर्ने घोषणा गर्नुभएकाे छ। उहाँले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्ताे घाेषणा गर्नुभएकाे हाे । उहाँले ती विमानमा ५० प्रतिशतसम्म अतिरिक्त भन्सार महशुल लगाउने धम्की समेत दिनुभयाे । उहाँले विशेष गरी क्युबेकस्थित बम्बार्डियर कम्पनीले उत्पादन गर्ने ‘ग्लोबल एक्सप्रेस’ व्यवसायिक जेटलाई लक्षित गर्नुभयाे। […]