नेपालमा कीटजन्य रोगको जोखिम बढ्दो, तीन रोगबाट ३१ जनाको मृत्यु

काठमाडौँ । नेपालमा डेंगु, स्क्रब टाइफस र जापानिज इन्सेफ्लाइटिसलगायत कीटजन्य रोगको प्रकोप बढ्दै गएको छ। पर्याप्त बजेट, जनचेतना र प्रभावकारी नियन्त्रण योजनाको अभावले यस्ता रोग रोकथाममा चुनौती थपिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ११ हजार ४० जनामा स्क्रब टाइफस र ६ हजार १९२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। डेंगुबाट तीन जना […]