बडादसैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ मनाउन लाखौँ सर्वसाधारण थातथलो फर्केसँगै संघीय राजधानी काठमाडौं उपत्यका प्राय: सुनसान बनेको छ ।  सधैँ जसो तिब्र सवारी चाप र पैदल यात्रुको भीडभाडले भरिभराउ हुने उपत्यकाका मुख्य सडक, व्यापारिक केन्द्र र सार्वजनिक स्थलहरू यतिबेला चकमन्न देखिएका छन् ।  विजयादशमी नजिकिएसँगै काठमाडौं उपत्यकामा अध्ययन, रोजगारी तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा बसोबास […]