न्युयोर्कको डेमोक्रेटिक प्राइमरीमा ट्रम्पका आलोचक ब्राड ल्यान्डरको जित

न्युयोर्कमा अमेरिकी संसद सदस्य ड्यान गोल्डम्यान ट्रम्पका आलोचक ब्राड ल्यान्डरसँग डेमोक्रेटिक प्राइमरीमा पराजित भएका हुन्। विजयी बनेका ल्यान्डर इजरायल–गाजा युद्धका सन्दर्भमा राष्ट्रपति डोनाल्ड ट्रम्पका कडा आलोचक हुन्। साथै उनी मेयर जोहरान माम्दानीका निकट मानिन्छन्। न्युयोर्कको १०औँ कंग्रेसनल डिस्ट्रिक्टमा भएको डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचनमा ब्राड ल्यान्डरले दुई कार्यकालदेखि निर्वाचित हुँदै आएका ड्यान गोल्डम्यानलाई पराजित गरेका छन्। […]