फिस्टेल डेरी प्रा. लि. अन्तर्गत उत्पादित ‘नोभा’ ब्राण्डले आफ्ना सीमित उत्पादनमा गुणस्तरसँग सम्बन्धित विषय देखिएको भन्दै बजारबाट उक्त ब्याच फिर्ता गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। कम्पनीले सार्वजनिक गरेको जनहित सन्देशमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा गरिएको परीक्षणका क्रममा ‘नोभा चकलेट आइसक्रिम’को १००० मिलिलिटर प्याक, ब्याच नम्बर CO2, उत्पादन मिति १९ साउन २०८२ उल्लेख […]