अडपाभित्रको खुशी

पराल र खरका छाना भएका घरहरू थिए । कतै बाँसका भाटाले बेरेका टाटी थिए । कतै बाँसका झिक्रा र परालले बेरेका टाटीमा लिपेको माटो भारी भएर भित्ताबाट उक्किएको थियो । माटो उक्किएको टाटीका भित्ताहरूले परिवारको दु:ख र घाउ …