काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ। केन्द्रका प्रतिनिधिहरूले आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग भेट गर्दै उक्त सहयोग उपलब्ध गराएका हुन्। विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा योगदान पुर्याउने उद्देश्यले केन्द्रले सहयोग गरेको हो।