नाइमा बहस ४ः ईभी ब्याट्री व्यवस्थापनमा ट्र्याकिङ सिस्टमको माग

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला ईभीमा प्रयोग हुने ब्याट्रीको दर्तादेखि अन्तिम व्यवस्थापनसम्म ट्र्याक गर्न सकिने प्रणाली बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ अन्तर्गत आयोजित ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक संवादमा उनीहरूले ब्याट्री व्यवस्थापनका लागि अहिलेदेखि नै कानुनी तथा प्राविधिक पूर्वाधार तयार गर्नुपर्ने बताएका हुन्। भेइकल फिटनेस […]