कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम नरोकिएपछि देउराली-सिस्नेरी सडकखण्डमा आइतबार अपराह्न ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज अपराह्न ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालन रोक्ने निर्णय गरिएको जानकारी दिए ।   उनका अनुसार जलाशयको सतह निरन्तर बढिरहेका अवस्थामा रातिको […]