जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ अौँ महासभाको सन्दर्भमा जेनेभामा रहेका राष्ट्रियसभा अध्यक्ष दाहालले अष्ट्रेलियन सभामुखसँग भेट गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल भएको थियो । […]