बच्चैदेखि ब्राजिलको फ्यान डा. बद्री रिजाल

खेलकुद स्वास्थ्यका हिसाबले पनि निकै राम्रो मानिन्छ। यही विश्वकपको खेलमय माहोललाई लक्षित गर्दै हामीले चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरूको खेलप्रतिको रुचि, चासो र समर्थन तथा उनीहरूले बाल्यकालमा फुटबल खेलेका दिनहरूलाई कसरी स्मरण गर्छन् भनेर कुराकानीको शृङ्खला (सिरिज) सुरु गरेका छौँ। यसै शृङ्खला अन्तर्गत यस पटक हामीले नेपाल चिकित्सक संघका अध्यक्ष एवं अर्थोपेडिक सर्जन डाक्टर बद्री रिजालसँग स्वास्थ्यखबरका लागि रिता लम्सालले कुराकानी गरेकी छिन्। प्रस्तुत छ डा. रिजालसँग गरिएको कुराकानी :