ऊर्जामन्त्रीले गरे मर्स्याङ्दी विद्युत्गृहको निरीक्षण

दमौली– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृहको  निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले विद्युत्गृहका विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिएका हुन् ।  त्यस अवसरमा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत् आयोजनाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उत्पादन क्षमता वृद्धि तथा पूर्वाधार सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए। […]